२५ जेठ २०८३, सोमबार

आयोग उपाध्यक्ष श्रेष्ठ र विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता, १६ औं पञ्चवर्षीय आयोजनाबारे छलफल

माघ ५, २०८०
काठमाडौं
आयोग उपाध्यक्ष श्रेष्ठ र विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता, १६ औं पञ्चवर्षीय आयोजनाबारे छलफल

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गगरेका छन् ।

शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औँ विकास योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ ।

आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजनापूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र राजगारीमा केन्द्रित हुने बताए ।

उपाध्यक्ष श्रेष्ठले विकास लागि भएका संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने बताए ।

विश्व बैंक लगायतका विकास साझेदारहरुले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यवाद समेत दिए । 

salt training

कमेन्ट गर्नुहोस्