२५ जेठ २०८३, सोमबार

अग्निपीडित बस्नेतलाई कोष र नगरपालिकाको रु चार लाख सहयोग

माघ ५, २०८०
खोटाङ
अग्निपीडित बस्नेतलाई कोष र नगरपालिकाको रु चार लाख सहयोग

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा पेलुङका अग्निपीडित गणेश बस्नेतलाई राहत जुट्न थालेको छ । घरमा कोही नभएको समयमा बुधबार अपराह्न ४ बजे एक्कासी लागेको आगोले पूर्णरूपमा घर जलेर विस्थापित भएका बस्नेतलाई कोशी प्रदेश विपद् व्यवस्थापन कोष र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्तरूपमा रु चार लाख दिने निर्णय गरेको छ ।

नगरप्रमुख तीर्थराज भट्टराईले घटनास्थलमै पुगेर उक्त राहत रकम पीडित बस्नेत परिवारलाई चाँडै उपलब्ध गराउने बताए । अग्निपीडित बस्नेतलाई वडा कार्यालय तथा विभिन्न दाताहरुले सहयोग गरिरहेको निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्