३१ जेठ २०८३, आइतबार

इथियोपियामा ३५ लाख मानिस विस्थापित

माघ ६, २०८०
काठमाडौं
इथियोपियामा ३५ लाख मानिस विस्थापित

​इथियोपियामा करिब ३५ लाख मानिस विस्थापित भएका छन् । ती विस्थापितमध्ये आधाभन्दा बढी द्वन्द्वका कारण विस्थापित भएको  संयुक्त राष्ट्रसंघीय निकायको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको नयाँ प्रतिवेदनले उल्लेख गरेको छ ।

आईओएमले शुक्रबार जारी गरेको इथियोपिया राष्ट्रिय विस्थापन प्रतिवेदनले इथियोपियामा द्वन्द्वका अतिरिक्त १२ क्षेत्रहरूमा कुल ३५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको जनाएको छ । 

संयुक्त राष्ट्रसंघ एजेन्सीले पूर्वी अफ्रिकी देश एक पटक पुनः गम्भीर मानवीय  सङ्कटमा पर्ने चेतावनी दिएको छ ।  इथियोपियामा मानवीय सङ्कट,  मुख्यतया बाढी र खडेरी,  सशस्त्र द्वन्द्व,  रोगको प्रकोप  साथै आर्थिक सङ्कटले निम्त्याउने गरेको पाइन्छ । 

त्यसैगरी विश्वभर अत्यावश्यक वस्तुको बढ्दो मूल्य, मुद्रास्फीति र स्थानीय मुद्राको निरन्तर अवमूल्यनका बीच यी जटिलताले विस्थापन, खाद्य असुरक्षा, कुपोषण, रोगको प्रकोप र बढ्दो सुरक्षा चिन्ता थपेको राष्ट्रसंघ एजेन्सीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्