२६ असार २०८३, शुक्रबार

साइमेक्स इंकले नेपाल भित्र्यायो बीवाईडी सील

माघ ६, २०८०
काठमाडौं
साइमेक्स इंकले नेपाल भित्र्यायो बीवाईडी सील

​बीवाईडीको अधिकृत वितरक साइमेक्स इंक प्रालिले प्रतिक्षित गाडी बीवाईडी सील नेपाल भित्र्याएको छ।​

विद्युतीय साधनको बजारमा क्रान्ति ल्याउने दाबीसहित कम्पनीले सुविधा, प्रविधि र पर्फर्मेन्सको प्रतीकका साथ बीवाईडी सील नेपाल भित्र्याएको हो । यसमा नवीन प्रविधि र थप गतिको सङ्गम रहने कम्पनीले दाबी गरेको छ।

डायनामिक डिजाइन र उन्नत प्रविधि बीवाईडी सील एक डायनामिक र इन्टेलिजेन्ट सेडान हो । 

null

विशाल महासागरबाट प्रेरित सुन्दर डिजाइन अवधारणाले बीवाईडी सीलको आकर्षक र समृद्ध आवरण दिएको छ ।​​​

आपतकालीन लेन किप असिस्टेन्स, लेन प्रस्थान रोकथाम र अन्य थुप्रै सुविधाहरू यो गाडीमा रहेका छन् ।

यसमा रहेको एडष्टिभ कुज कन्ट्रोल र इन्टेलिजेन्ट क्रुज कन्ट्रोलले ड्राइभिङ अनुभवलाई थप शानदार बनाउनेछ । साथै, थप चालक सहायताहरूमा ब्लाइन्ड स्पट डिटेक्शन सिस्टम, ईएसपी, ट्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेहिकल होल्ड, इन्टेलिजेन्ट स्पीड लिमिट इन्फर्मेशन, र इन्टेलिजेन्ट स्पीड लिमिट कन्ट्रोल समावेश छ।

साथै ३ फरक ट्रिमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।​

यस्तो छ मूल्य सूची

null

salt training

कमेन्ट गर्नुहोस्