०८ असार २०८३, सोमबार

अजित मिजारको शव आठ वर्षदेखि अस्पतालमा

माघ ६, २०८०
काठमाडौं
अजित मिजारको शव आठ वर्षदेखि अस्पतालमा

काठमाडौँ । दलितका लागि दलित अभियानका अभियन्ताहरुले सात वर्षअघि जातीय विभेदका कारण मारिएका अजित मिजार र उनका परिवारले न्याय नपाए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । काभ्रेको पाँचखालका मिजारको अन्तरजातीय विवाहकै कारण हत्या भएको उनीहरुको दाबी छ । 
शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले रुकुमका नवराज विकको हत्यामा संलग्नलाई जेल हालेर उनका परिवारलाई न्यायको प्रत्याभूति गराउन सफल भएपछि अब आफूहरुको ध्यान अजित मिजारको परिवारलाई न्याय दिलाउनेतर्फ मोडिएको बताए । 

२०७३ असार २५ गते अजित र पाँचखालकै ज्याम्दीकी कल्पना पराजुलीबीच प्रेम विवाह भएको र त्यसको २ दिनपछि असार २९ गते धादिङमा पुर्याएर अजितको केटी पक्षका मानिसहरुले हत्या गरेको उनीहरुले बताए । 

लगभग ८ वर्षदेखि पीडित परिवार न्यायका लागि छटपटाइरहेको र अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालको शव गृहमा दाहसंस्कार कुरेर बसेको उनीहरुले बताए । 

अजित र कल्पनाबीचको प्रेम सम्बन्ध, प्रेम विवाह, परिवारको दबाबबाट अलग्याइएको घटना र त्यससँग जोडिएका कयौँ प्रमाणहरुले अजितको हत्या भएको छर्लंगै हुँदाहुँदै जिल्ला अदालत धादिङले अजितले आत्महत्या गरेको भन्दै प्रतिवादीलाई सफाइ दिएको र उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको भन्दै उनीहरुले आपत्ति जनाए । 

salt training

कमेन्ट गर्नुहोस्