२९ जेठ २०८३, शुक्रबार

क्रिकेट खेलाडीलाई रू १० लाख सहयोग

माघ ६, २०८०
काठमाडौं
क्रिकेट खेलाडीलाई रू १० लाख सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई रु १० लाख सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।
 
 सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई रु आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि रु दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि रु सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 
 
  सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रु एक करोड २५ लाख बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको छ । साथै वैदेशिक रोजगारीका क्रममा कङ्गोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको रु २६ लाख ६१ हजार आर्थिक सहयोग गरेको सो अवसरमा जानकारी दिइयो ।

salt training

कमेन्ट गर्नुहोस्