भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार ‘अग्नीतीर्थ’ समुद्र तटमा नुहाएर भगवान रामनाथस्वामी मन्दिरमा पूजा गरेका छन् । तमिलनाडुको भ्रमणका क्रममा अंगीतीर्थ समुद्र तटमा डुबुल्की लगाएका हुन् ।
त्यसपछि उनले भगवान रामनाथस्वामी मन्दिरमा पूजा गरे । यस क्रममा प्रधानमन्त्री मोदी हातमा रुद्राक्ष माला लगाएको देखिएका थिए ।
उनले तमिलनाडुको प्राचीन शिव मन्दिर रामनाथस्वामीमा आयोजित भजनमा पनि भाग लिए । समाचार एजेन्सी पीटीआईका अनुसार तमिलनाडुको रामनाथपुरम जिल्लाको रामेश्वरम टापुमा रहेको शिव मन्दिर पनि रामायणसँग सम्बन्धित छ ।
किनभने यहाँको शिवलिंगको स्थापना श्रीरामले गरेको विश्वास मानिन्छ । भगवान राम र देवी सीताले यहाँ पूजा गरेका थिए ।
Will never forget yesterday’s visit to the Arulmigu Ramanathaswamy Temple. There is timeless devotion in every part of the Temple. pic.twitter.com/bXgbz4VBtm
— Narendra Modi (@narendramodi) January 21, 2024