२९ जेठ २०८३, शुक्रबार

यू-१९ विश्वकप : न्युजिल्यान्डको विस्फोटक ब्याटिङ, नेपाललाई ३०३ रनको विशाल लक्ष्य

माघ ७, २०८०
काठमाडौं
यू-१९ विश्वकप : न्युजिल्यान्डको विस्फोटक ब्याटिङ, नेपाललाई ३०३ रनको विशाल लक्ष्य

स्नेहित रेड्डीको शानदार शतकीय पारीको मद्दतमा न्युजिल्यान्ड यू-१९ ले नेपाली युवा टोलीसामु ३०३ रनको चुनौती पेश गरेको छ ।

यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दक्षिण अफ्रिकामा जारी खेलमा रेड्डीले १४७ रनको अविजित पारी खेल्दा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो ।

निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन जोड्ने क्रममा न्युजिल्यान्डका लागि रेड्डीका अलावा ओस्कार ज्याक्सनले ७५ र टम जोन्सले ३३ रनको योगदान गरे ।

नेपालका लागि सुवास भण्डारीले ३, गुल्सन झाले २ तथा दीपेश कंडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १-१ विकेट हात पारे ।

प्रतियोगितामा दुवै टोलीले आफ्नो पहिलो खेल खेलिरहेका  हुन् । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्