२७ असार २०८३, शनिबार

लुम्बिनीमा दुई मोटरसाइकल ठोक्किए, दुई युवाको मृत्यु

माघ ८, २०८०
बुटवल
लुम्बिनीमा दुई मोटरसाइकल ठोक्किए, दुई युवाको मृत्यु

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो । 

लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादवको मृत्यु भएको छ । यस्तै, भारतको  सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले लोकान्तरलाई जानकारी दिए । 

उनीहरूको शव पोस्टमार्टमगरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

बाक्लो हुस्सु र शीतलहरको समयमा तीब्र गतिमा मोटरसाइकलका मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्