×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

राहदानीका लागि छुट्टै बायोमेट्रिक्स दिन नपर्ने, लाइसेन्सबारे पनि निर्देशन

काठमाडाैं | माघ ९, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि हुने निर्वाचनअन्तर्गत गएराति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि लागू गरेको छ ।
प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन ।
००००
काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाएको छ । यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको छ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।
००००
परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ।
उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुनेछ।

Muktinath Bank

विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको शुरूवात गर्ने बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,  उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का  र नारायणकाजी श्रेष्ठ  तथा भौतिक योजनामन्त्री प्रकाश ज्वालासँगै परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ। 
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले ‘चेक क्लियरिङ’का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारी ठगी प्रकरणमा प्रस्टीकरण दिन सोमबार पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लामिछाने र शाहले चेकमा पर्याप्त ब्यालेन्स नभए पनि खातामा रकम क्रेडिट तथा डेबिट भएको दाबी गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

तर, क्लियरिङसम्बन्धी डिपार्टमा समेत काम गरिसकेका राष्ट्र बैंकका एक कर्मचारी भने यतिको भरमा मात्र शाहले दाबी गरेजस्तो खातामा रकम क्रेडिट नहुने दाबी गर्छन् । चेकमा पैसा भएको र सबै विवरण मिलेको सिस्टमबाट पुष्टि भइसकेपछि शुरूमा चेकवालाको खातामा डेबिट भएर बल्ल डिपोजिटवाला ग्राहकको खातामा क्रेडिट हुने उनले बताए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । 
सोमवार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीले सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागले ती सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन सचेत गराए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । 
सोमबार नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो ।
सोमबार तीन सय सात कम्पनीको एक करोड ८० लाख ४३ हजार दुई सय ४४ कित्ता शेयर एक लाख ५० हजार पाँच सय ४३ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ३६ करोड ६० लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था गर्ने बताएका छन् । 
सोमवार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना ९तेस्रो चरण०को अनुगमन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । त्यसका लागि बजेटमा यथोचित प्राथमिकता दिइने उनको भनाइ थियो ।
००००
भारतको अयोध्यामा रामको मूर्ति प्राणप्रतिष्ठा गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको उपस्थितिमा सोमवार रामको प्रतिमा प्राणप्रतिष्ठा गरिएको हो ।
नवनिर्मित मन्दिरको गर्भगृहमा भगवान् रामको पूर्ण कदको प्रतिमा राखिएको छ ।
००००
सप्तरीस्थित जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्वाचन क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव पुगेपछि झडप भएको छ ।
सप्तरीको राजविराजमा यादव कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा पुग्दा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
००००
काठमाडौंबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन् ।
धौलागिरी पोलिक्लिनिक चलाएर बसेका सम्बुद्ध भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानूनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन् ।
महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
००००
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले तत्काललाई बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको हो । 
पुनको योग्यता र अनुभवमा तादात्म्यता नदेखिएको भन्दै रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कोषको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्नु–नगराउनु आदेश दिएको हो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x