२१ जेठ २०८३, बिहीबार

कांग्रेस नेतृ द्रौपदा शर्माको निधन

माघ ९, २०८०
काठमाडौं
कांग्रेस नेतृ द्रौपदा शर्माको निधन

नेपाली काङ्ग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।

स्वर्गीय गोबर्द्धन शर्मा पोखरेलकी धर्मपत्नी तथा संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरू प्रियंवदा र सत्यवतीका आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान रहेको थियो ।

उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् । स्व. गोबर्द्धन शर्मा पोखरेलको पञ्चायतले सर्वस्वहरण गरेपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा लगिएको थियो ।

बाबु गोबर्द्धन शर्मा राणा शासनको विरोधमा क्रियाशील रहेका थिए । नेपाली कांग्रेसमा लागेर उनी तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भएकी थिइन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिए ।​

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले परिवारका सदस्यहरूलाई टेलिफोन गरि पोखरेलप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्