![सटर बन्द गरेर न्युरोडका व्यापारी सडकमा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/new_road_7_0q19NkaihW.jpg)
काठमाडौं महानगरले न्युरोडमा पार्किङ्ग निषेध गरेपछि व्यापारीहरू आन्दोलित भएका छन् । पार्किङ निषेधको विरोधमा उनीहरूले मंगलबार पसल बन्द गरेका हुन् ।

पार्किङ्ग बन्द गरेर व्यापार नहुने भन्दै पार्किङ्ग खोल्नु पर्ने उनीहरूको माग छ । सटर बन्द गरेर व्यापारीहरू सडकमा आएर आन्दोलन गरिरहेका छन् ।

महानगरले आजदेखि न्युरोडसहित नयाँ सडकलगायत क्षेत्रका कालोपत्रे सडकमा पार्किङ निषेध गरेको छ ।






