
सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छानबिन गर्न माग गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । लामिछानेविरुद्ध सिन्धुलीको कमलामाईका युवराज सफलले उजुरी दिएका हुन् ।
सफलले मंगलवार सिंहदरबारस्थित समितिको कार्यालयमा गएर सचिव रामहरि खतिवडालाई उजुरी बुझाएका छन् ।

उजुरीमा ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा लामिछानेको संलग्नता के–कसरी भएको भन्नेबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
‘गोरखा मिडिया नेटवर्कमा लामिछानेको १ करोड ८० लाख रुपैयाँको शेयर खरिद बिक्रीको कागजसमेत सार्वजनिक भएको छ । तसर्थ उनको सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान सीर्आइबीले समेत सहकारी ठगीसम्बन्धी फाइलहरू जफत गरी अनुसन्धान गरेको अवस्था रहेको छ,’ उजुरीमा भनिएको छ, ‘अत ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा लामिछानेको संलग्नता के–कसरी भएको हो, सोको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक छ ।’
प्रतिनिधिसभाका सांसद लामिछाने आफैँ पनि राज्य व्यवस्था समितिमा सदस्य छन् ।
यस्तो छ उजुरीः
