२३ असार २०८३, मंगलबार

वर्तमान व्यवस्थाविरुद्ध फागुनबाट नयाँ अभियान शुरू गर्छौं : दुर्गा प्रसाईं

माघ ९, २०८०
बुटवल
वर्तमान व्यवस्थाविरुद्ध फागुनबाट नयाँ अभियान शुरू गर्छौं : दुर्गा प्रसाईं

​​​​'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियान'का केन्द्रीय संयोजक दुर्गा प्रसाईंले आगामी फागुन १ गतेबाट राज्य व्यवस्थाविरुद्धको नयाँ अभियान शुरू गर्ने बताएका छन् ।

बुटवलमा आयोजित ‘अञ्चलस्तरीय’ कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै उनले त्यसको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । ‘बुटवलका व्यवसायीहरू यो अभियानमा जोडिन आग्रह गर्दछु, सत्य कुरा जहिले पनि तीतो हुन्छ । सत्यको पछि लाग्नको लागि यहीँ सभामार्फत आग्रह गर्दछु’, संयोजक प्रसाईंले भने ।

null

उनले आफूहरूले चाहेको व्यवस्था आउने दिन बैंक र वित्तीय संस्थामा रहेको लालपुर्जा परिवर्तन गरिदिने दाबीसमेत गरे । प्रसाईंले बैंक तथा वित्तीय संस्थामा भएको लालपुर्जाको सट्टा मालपोतबाट आफूहरूले पुर्जा जारी गर्ने समेत 'हाँस्यास्पद' अभिव्यक्ति दिए ।

अहिलेको व्यवस्थाले जनताको हितमा काम नगर्ने भन्दै उनले व्यवस्था परिवर्तन भएको बखत जनताको बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्ने बताए  ।

अहिले देश तस्कर र सीमित मारवाडी समूहको कब्जामा रहेको दाबी गर्दै उनले बैंक तथा वित्तीय संस्थाको कारण जनता मर्ने वातावरणबाट बचाउनको लागि अभियानको शुरूवात भएको बताए ।

null

सभामा दीपेन्द्र कंडेल, शिव सेना नेपालका केन्द्रीय सदस्य शिशिर विक्रम शाह, राप्रपा जिल्ला सदस्य माधव रिमाललगायतले बोलेका थिए ।

बुटवलको ट्राफिक चोकमा आयोजित सभामा हजारौं सर्वसाधारण सहभागी थिए ।

null

null

salt training

कमेन्ट गर्नुहोस्