
१४६ रनको लक्ष्य पछ्याएर अफगानिस्तानविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाल धर्मराएको छ ।
सामान्य लक्ष्य पछ्याए पनि नेपाल २४ रनमै तीन विकेट गुमाएर धर्मराएको हो ।
नेपालको रन ११ हुँदा अर्जुन कुमाल १० रन बनाएर आउट भए । लगत्तै गुल्सन झा १२ बलमा १ रन बनाएर आउट भए ।
ओपनर विपिन रावल पनि १९ बलमा २ रन बनाएर बोल्ड भएपछि नेपाल धर्मराएको हो ।
अफगानिस्तानका लागि खलिल अहमेदले २ र फारिदोन दवादजाइले १ विकेट लिए ।
नेपाललाई जीतसम्म पुग्न ४० ओभरमा ११० रनको आवश्यकता छ ।
अहिले क्रिजमा देव खनाल र आकाश त्रिपाठी छन् ।