०३ साउन २०८३, आइतबार

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र अधिकृतलाई प्रहरीले लात्ती हानेको प्रकरणः छानबिन गर्न समिति गठन

माघ १२, २०८०
काठमाडौं
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र अधिकृतलाई प्रहरीले लात्ती हानेको प्रकरणः छानबिन गर्न समिति गठन

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रवार साँझ वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय समिति गठन गरिएको जनाएका छन् ।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य रहेका छन् ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालसहित २ जनामाथि शुक्रवार दिउँसो प्रहरीबाट हातपात भएको थियो ।

कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई ४–५ जना प्रहरीको टोलीले कुटपिट गरेपछि त्यस विषयमा बुझ्न जाँदा हमाललाई पनि पछाडिबाट लात्ती हानेको एक कर्मचारीले लोकान्तरसँग बताए ।

भिजिट भिसाको विषय बाहिर आएपछि नेपाल प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद छ ।

विमानस्थलमा सशस्त्र प्रहरी खटाएपछि नेपाल प्रहरी झन् असन्तुष्ट बनेको कर्मचारीहरू बताउँछन् ।

null


 

salt training

कमेन्ट गर्नुहोस्