×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

माओवादी सुदूरपश्चिममा खटपट, एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर

काठमाडाैं | माघ १३, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत शुक्रवार अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपालले सुपर सिक्समा स्थान बनाएको छ । इस्ट लन्डनमा भएको खेलमा अफगानिस्तानलाई स्तब्ध बनाउने क्रममा नेपालले १ विकेटको संघर्षपूर्ण रोमाञ्चक जीत निकालेको हो ।

Muktinath Bank

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो ।
००००
पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर शुक्रवार सार्वजनिक गरिएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
००००
 गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा छानबिन समिति गठन गरेको छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रवार साँझ वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय समिति गठन गरिएको जनाएका छन् ।

Vianet communication

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य रहेका छन् ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालसहित २ जनामाथि शुक्रवार दिउँसो प्रहरीबाट हातपात भएको थियो ।
००००
 सुदूरपश्चिम प्रदेशसभा नेकपा माओवादी केन्द्रका प्रदेशसभाका बहुमत सदस्यले दलको नेता परिवर्तन गरेका छन् ।
माओवादी केन्द्र संसदीय दलका असन्तुष्ट बहुमत सदस्यको शुक्रवार बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।

 दलको नेतामा मानबहादुर धामीलाई चयन गरिएको छ । धामी दार्चुलाको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सुदूरपश्चिम माओवादीमा पछिल्लो समय खटपट बढेको छ । 
००००
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रदेश र जिल्ला नेताहरूलाई जिम्मेवारी तोकेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ ।

गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सह(इन्चार्जको जिम्मेवारी तोकिएको छ भने गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष श्रीनाथ बरालाई अध्यक्षमा मनोनयन गर्ने निर्णय गरिएको एकीकृत समाजवादीले जनाएको छ ।
००००
विशेष अदालत काठमाडौंले मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा अधिकृत पनेरू महतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । घुस लिएको अभियोगमा उनलाई दोषी ठहर गर्दै अदालतले कैद र जरिवानाको सजायसमेत सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधिशद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले पनेरूलाई शुक्रवार ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो ।
००००

​संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकांश कर्मचारीहरूले तोकिएको पोशाक नलगाइ कार्यालय जाने गरेको पाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले यही माघ ११ गते गरेको छड्के अनुगमनमा संघीयका १८ जना कर्मचारी तोकिएको पोशाक नलगाइ कार्यालय पुगेका थिए । यसरी तोकिएको पोशाक नलगाइ कार्यालय पुग्नेमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म रहेका केन्द्रले जनाएको छ ।
००००
यातायात व्यवस्था विभागले अवैधरूपमा जारी भएका २९ हजारभन्दा बढी लाइसेन्स रद्द गरेको दाबी गरे पनि त्यसको वैधतामा प्रश्न उठेको छ ।

लाइसेन्स जारी वा रद्द गर्ने अधिकार भएका सम्बन्धित कार्यालयबाटै रद्द गराउनुपर्नेमा विभाग आफैंले गरेपछि प्रश्न उठेको हो ।

विभागको डेटाबेसमा प्रविष्ट भएका २९ हजार १२७ अवैध लाइसेन्सलाई केही दिनअघि मात्र रद्द गरिएको दाबी महानिर्देशक उद्धवप्रसाद रिजालले गरेका थिए ।
००००
काठमाडौंको नयाँबानेश्वरमा सडक भासिएपछि कोल्टे परेको बस निकालिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडक भासिपछि पछाडिको टायर फसेर कोल्टे परेको बस डोजर लगाएर निकालिएको हो । बस निकालेसँगै सडकमा परेको भ्वाङ पुरिएको छ ।
००००
लागुऔषधका थुनुवालाई भगाएर फरार रहेका तत्कालीन प्रहरी १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको पथरावुधराम–३ का ४१ वर्षीय विरवलराय यादव रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x