
काबुल–अफगानिस्तानको खोस्त अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)को अल एनका लागि पहिलो पटकको व्यावसायिक उडान शुरू गरिएको छ ।
स्थानीय टेलिभिजन टोलो न्यूजले शनिवार जानकारी गराएअनुसार विमानस्थलबाट हरेक हप्ता दुईवटा उडान भर्ने तय गरिएको छ । यसैगरी स्थानीय बासिन्दा तथा यात्रुहरूले थप उडानको माग गरिहेको टोलोन्युजले जनाएको छ ।
यूएईको फ्लाईदुबई एयरलाइन्सले दुई वर्षभन्दा बढीको निलम्बनपछि गत नोभेम्बरमा दुबईबाट काबुलका लागि पुनः उडान शुरू गरेको थियो ।