१७ असार २०८३, बुधबार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

माघ १४, २०८०
तनहुँ
४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

तनहुँमा ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका - १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक छन् ।

उनलाई लाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ । ​

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्