
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद्को दोस्रो बैठक (सम्मेलन) काठमाडौंको कमलादीमा शुरू भएको छ ।
बैठक आइतवार मध्यान्हपछि प्रज्ञा भवनमा शुरू भएको सो पाटीले जनाएको छ ।
बैठकको उद्घाटन पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेका हुन् ।

काठमाडौंमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजना बनाउन केन्द्रित रहने बताइएको छ ।
विशेषगरी एकीकृत समाजवादीले विधान हेरफेर गर्न केन्द्रीय परिषद्को बैठक राखेको हो ।
यसअघि एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
दोस्रो केन्द्रीय परिषद्को बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने एक नेताले बताए ।