![‘अगस्त्य’को टिजरमा सौगात, निश्चलदेखि मलिकासम्म [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Agastya_UDQWRsFXYT.jpg)
मल्टिस्टारर फिल्म ‘अगस्त्य’को टिजर सार्वजनिक गरिएको छ ।
निर्माण टिमले आइतबार राजधानीमा एक समारोहको आयोजना गर्दै यो एक्सन फिल्मको टिजर सार्वजनिक गरेको हो ।
टिजरमा फिल्मका शीर्ष कलाकारहरु सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरी, मलिका महतदेखि निश्चल बस्नेतसम्मलाई देखाइएको छ ।
फिल्मले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको टिजरबाट अनुमान गर्न सकिन्छ ।
सौरभ चौधरीको लेखन एवं निर्देशन रहेको फिल्ममा बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का लगायतको पनि अभिनय छ ।
फागुन १८ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेका हुन् ।
यो फिल्म निर्माण घोषणादेखि नै चर्चामा छ ।