११ साउन २०८३, सोमबार

राजनीतिक अस्थिरता निम्त्याउने र सामाजिक सद्‌भाव बिगार्ने कोसिस भइरहेको छ : माधव नेपाल

माघ १४, २०८०
काठमाडौं
राजनीतिक अस्थिरता निम्त्याउने र सामाजिक सद्‌भाव बिगार्ने कोसिस भइरहेको छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको बताएका छन् । यो प्रयासलाई अझ बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायमका लागि प्रयास गरिरहेको र यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष नेपालले लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई कमजोर तुल्याउने वा व्यवस्था परिवर्तन गर्ने कोसिस भइरहेकामा चिन्ता व्यक्त गरे । 

‘मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्‌भाव खलबल्याउने अवस्थाप्रति सरकार र दलहरू सजग हुनुपर्छ’, अध्यक्ष नेपालले भने ।​

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई  बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले समाजमा विद्यमान वर्गीय शोषणको अन्त गरी जनताको आर्थिक रुपान्तरण गर्न पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्