२१ जेठ २०८३, बिहीबार

भन्सार छलीका सामान बरामद

माघ १५, २०८०
धनुषा
भन्सार छलीका सामान बरामद

भारतबाट अवैधरूपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा र हार्डवेयरका सामानसहित एउटा मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ । 

भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो । 

सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । 

बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्