११ साउन २०८३, सोमबार

जोर्डनमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु

माघ १५, २०८०
काठमाडौं
जोर्डनमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु

शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमानजिक उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षितगरी भएको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको बताएका छन् । साथै अन्य कैयौँ घाइते भएको उनको भनाइ छ ।

राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रशासनले आक्रमणका बारेमा अझै पनि सत्य तथ्य सङ्कलन गरिरहेको उल्लेख गरेका छन् । 

यद्यपि उनले सिरिया र इराकमा सक्रिय इरान समर्थित लडाकू समूहलाई यस आक्रमणको लागि जिम्मेवार भएको दाबी गरेका छन् । अमेरिकी सेन्ट्रल कमाण्डले एक छुट्टै विज्ञप्ति जारी गर्दै एकतर्फी ड्रोनबाट गरिएको आक्रमणमा घाइते सैनिकको सङ्ख्या २५ पुगेको पुष्टि गरेको छ । 

सन् २०२३ अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएयता सिरिया र इराकमा रहेका अमेरिकी सेनामाथि बारम्बार आक्रमण हुँदै आएको छ । 

यसैबीच, इरानले जोर्डनमा भएको ड्रोन आक्रमणमा आफ्नो कुनै सम्लग्नता नरहेको बताएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्