
दीपेन्द्र लामाको लेखन एवं निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘दुःखी आत्मा’को शीर्ष अभिनेत्रीमा आँचल शर्मा अनुबन्धित भएकी छन् ।
निर्माण टिमले सोमवारमात्रै उनलाई फिल्ममा अनुबन्धित गरेको हो ।
फिल्मको शीर्ष अभिनेताका रुपमा दयाहाङ राई यसअघि नै अनुबन्धित भइसकेका छन् ।
फिल्ममा अभिनेत्री शर्मालाई अभिनेता राईको जोडीका रुपमा लिइएको लेखक एवं निर्देशक लामाले बताए ।
यो फिल्मको निर्माता हिमाल कडरिया हुन् ।
निर्देशक लामा र निर्माता कडरियाले यसअघि सहकार्य गरेको फिल्म ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो ।
चैतमा छायांकनमा जाने ‘दुःखी आत्मा’को अहिले स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ । अन्य कलाकार र प्राविधिक चयन गर्न बाँकी रहेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ ।