२५ असार २०८३, बिहीबार

एनसेल शेयर खरिद बिक्री प्रकरण : उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन​

माघ १५, २०८०
काठमाडौं
एनसेल शेयर खरिद बिक्री प्रकरण : उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन​

एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।​​

मलेसियन कम्पनी आजियाटाले सरकारलाई जानकारी नदिई एनसेलको शेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको आरोपपछि सरकारले छानबिन समिति बनाएको थियो ।

सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानूनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । 

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए ।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्ने समयावधि दिइएको थियो । तर छानबिन नसकिएपछि समितिको म्याद थप गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्