
काठमाडौं, २० असोज — चीनले दोक्लम पठार क्षेत्रमा विवादास्पद रूपमा फेरि सडक बनाउन थालेको भारतीय अधिकारीहरूले दाबी गरेका छन् ।

उक्त क्षेत्रमा चीनले सडक बनाउँदा भारतीय सेनाले अवरोध गरेपछि दुई देशका सैनिकबीच दुई महिनासम्म गतिरोधको स्थिति आएको थियो ।
अहिले सडक बनाउनमा संलग्न कामदारलाई ५०० सैनिक जवानले सुरक्षा दिएका छन् ।
भारतीय अधिकारीहरूका अनुसार, चीनले दोक्लममा बिस्तारै सैनिकहरूको संख्या बढाउँदै लगेको छ । यसले गर्दा उक्त क्षेत्रमा फेरि तनाव बढ्न सक्ने सम्भावना छ ।
सूत्रहरूको कुरा पत्याउने हो भने विवादित इलाकाभन्दा १२ किलोमिटरको दूरीमा चिनियाँ सेनाले सडक बनाइसकेको छ ।
यसैबीच एयरचीफ मार्शल बीएस धनोआले चुम्बी उपत्यकामा चिनियाँ सेना उपस्थित रहेको बिहीवार बताएका छन् ।
एयरफोर्सको वार्षिक प्रेस सम्मेलनमा धनोआले चिनियाँ सैनिकको उपस्थितिका बावजुद दोक्लममा भारत र चीनको सेना आमनेसामने छैनन् ।
एजेन्सी