मंसिर २७, २०८०
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
काठमाडाैं | माघ २०, २०८०
बाँसवारी छाला जुत्ता कारखानाको जग्गा हडपेकाे आरोपमा पक्राउ परेका अरुण चौधरीले यो प्रकरणमा दाजु विनोद चौधरीको पनि भूमिका रहेको बयान दिएका छन् ।
पक्राउ परेका अरुणसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार १० घण्टा सवाल–जवाफ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा ३ जना सरकारी वकिलको रोहवरमा शुक्रवार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म लिएको बयानका क्रममा अरुणले उक्त कुरा बताएका हुन् ।
सरकारी वकिल कार्यालय उच्च स्रोतका अनुसार पक्राउ परेका अरुणले बयानका क्रममा दाजु विनोदको भूमिकाका बारेमा बयान दिएका छन् ।
’तत्कालीन सञ्चालक समिति अध्यक्षका नाताले दाजु विनोद चौधरीको पनि भूमिका छ । उहाँकै भूमिका र योजनामा उक्त जग्गा शेयर दिएर किनिएको हो,’ सरकारी वकिल कार्यालय स्रोतले लोकान्तरसँग भन्यो ।
कानूनले मिल्ने भए उक्त जग्गा फिर्ता गर्नसमेत आफू तयार रहेको स्पष्ट पारेका छन् । ’कानूनले मिल्ने भए आफ्नो नाममा आइसकेको उक्त सरकारी जग्गा फिर्ता गर्न तयार छु,’ उनले बयानमा भनेका छन् ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले आफ्नो नाममा कीर्ते गरी हत्याएको आरोपमा सीआईबीले चौधरी अरुणसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान शुरू गरेको छ ।
सोही प्रकरणमा सीआईबीले अरुणसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापा र सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।
यस प्रकरणमा कांग्रेसका सासंदसमेत रहेका विनोद चौधरी पनि जोडिएका छन् । सीआईबीले भाइ अरुणलाई पक्राउ गरे पनि दाजु विनोदलाई भने पक्राउ गरेको छैन ।
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...