२२ जेठ २०८३, शुक्रबार

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन

माघ २१, २०८०
काठमाडौं
दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन

 नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले आवेदन दिएका छन् ।  आइतबारसम्म कूल २५ जनाले आवेदन दिएको सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए । 

आवेदन दिनेमा मैनेजरप्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय छन् ।

त्यस्तै डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरेन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी र श्रीकृष्ण सुवेदीले पनि अध्यक्ष बन्न निवेदन दिएका छन् । 

त्यस्तै आवेदन दिनेमा भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालसमेत रहेको उनले बताए । 

तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा समिति गठन भएको थियो । जसअनुसार मन्त्रालयले १४ माघमा दरखास्त खुला गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्