काठमाडौं, २० असोज - काठमाडौं, २० असोज ( कर्मचारी समायोजन विधेयक पास भएको छ । कर्मचारी समायोजन विधेयक पास भएसँगै अब कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि सरकारलाई बाटो खुलेको छ ।
विधेयकमा विभिन्न मापदण्डहरु राखेर कर्मचारी समायोजन गर्न लागिएको छ । अव सरकारले विभिन्न मापदण्डहरुको आधारमा कर्मचारीलाई विभिन्न ठाउँमा समायोजन गर्नेछ । समायोजन नचाहाने कर्मचारीलाई सेवाबाट अवकास लिन सक्ने सुविधा पनि विधेयकले दिएको छ ।
सरकारले खटाएको ठाउँमा ३५ दिन भित्र हाजिर हुन नजाने कर्मचारीको जागिर स्वतः खारेज हुने छ ।