२७ जेठ २०८३, बुधबार

शीर्ष स्थानको लिभरपुल पराजित

माघ २२, २०८०
काठमाडौं
शीर्ष स्थानको लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनले लिभरपुललाई ३-१ ले हराएको हो । 

आर्सनलको जितमा बुकायो साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक/एक गोल गरे ।

खेलको १४औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । 

पहिलो हाफको अन्त्यतिर लिभरपुलले बराबरी गोल गर्‍यो। दोस्रो हाफमा आर्सनलमाथि लगातार आक्रमण बुनेको लिभरपुलले दुई गोल खायो । 

६७औं मिनेटमा मार्टीनेलीले गोल गरे । ८८औं मिनेटमा डिफेन्डर इव्राहिम कोनाटे दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि लिभरपुल दश जनमा सीमित भएको थियो । । त्यसको चार मिनेटमा आर्सनलले अर्को गोल थप्यो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा ट्रोसार्डले सुन्दर गोल गर्दै खेलमा आर्सनलको जीत सुनिश्चित गरे ।

जितपछि आर्सनलले शीर्ष स्थानको दूरी घटाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अंक छ । लिभरपुल २३ खेलमा ५१ अंकसहित शीर्ष स्थानमा कायम छ ।

salt training

कमेन्ट गर्नुहोस्