×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

विनोद चौधरी पनि अरुण चौधरीसरह शेयरको हिस्सेदार, इच्छाराजलाई ३ वर्ष कैद

काठमाडाैं | माघ २२, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
२०८० वैशाख २४ बाट कात्तिक १६ सम्म चलेको अधिवेशन जम्मा एउटा मात्रै कानून पास गरेर निष्प्रभावी देखिएपछि यसपटक संसदलाई दबाब परेको छ । दर्जनौं महत्त्वपूर्ण विधेयक पारित गरेर कानून बनाउनुपर्ने दायित्व संसद्लाई हुँदा पनि ६ महिनामा मिटरब्याजपीडितलाई न्याय दिने बारेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ विधेयक पास भएर कानून बनेको थियो । 

Muktinath Bank

तर, यसबाहेक एउटा पनि कानून बन्ने अवस्था नरहेपछि सांसदको आलोचना भएको थियो । यसैले सोमबारदेखि शुरू हुने संसद्को हिउँदे अधिवेशनमा दर्जनौं विधेयक पास गरेर कानून बन्ने बाटोमा लानुपर्ने चुनौती छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैले अघिल्लोपटकको अनुभवबाट सिकेर यसपटक संसद्लाई बिजनेस दिन सरकारलाई दबाब छ । वातावरण बनाउन सत्ता गठबन्धनमा आबद्ध दल र जिम्मेवार भएर प्रस्तुत हुन प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षलाई दबाब परेको छ ।
००००
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । 
एमाले संसदीय दलको बैठकलाई आइतबार सम्बोधन गर्दै उनले सांसदलाई संसद् र संसदीय समितिका बैठकमा सक्रियतापूर्वक भाग लिन र जनताका पक्षमा आवाज उठाउन निर्देशन दिए ।
००००
सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्व सांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद तथा १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई आइतबार सजाय सुनाएको हो ।
००००
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले रक्षामन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताए ।
००००
विभिन्न पाँच बुँदे माग राख्दै नेपाल बार एसोसिएसनले दबाबमूलक विरोध अभियान सुरु गरेको छ । आइतबारदेखि नेपाल बारले अर्को निर्णय नभएसम्मका लागि सबै बार एकाई परिसरमा ब्यानर (कालो पृष्ठभूमिमा सेतो अक्षर) राखी विरोध अभियान सञ्चालन गरेको हो ।
००००
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले आवेदन दिएका छन् ।  आइतबारसम्म कूल २५ जनाले आवेदन दिएको सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए । 


Advertisment
Nabil box
Kumari

आवेदन दिनेमा मैनेजरप्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्यायलगायत छन् ।
००००
डा सीके राउत नेतृत्वको जनमत पार्टीले संघीय सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ ।
जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा आइतवार बसेको सचिवालय बैठकले तत्काल संघीय सरकारबाट नबाहिरिने निर्णय गरेको पार्टीका प्रवक्ता डा। शरदसिंह यादवले बताए ।
००००
इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार प्रतिवादी खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरूको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ गरी गत पुस पहिलो हप्ता नेपाल ल्याइयो । प्रहरीले रेड नोटिस जारी भएकाहरु धमाधम पक्राउ पर्न थालेको जानकारी दिएको छ । 
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को विन्दुमा कायम भएको हो ।

Vianet communication

आइतबार विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७२ हजार सात सय ८२ कित्ता शेयर ७० हजार सात सय ९० पटक खरिदबिक्री हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
००००
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडप्न खोलिएको च्याम्पियन फूटवेयर कम्पनीमा तत्कालीन अवस्थामा डलर अर्बपति विनोद चौधरी पनि भाइ अरुण चौधरीसरह शेयरको हिस्सेदार रहेको पाइएको छ ।

लोकान्तरलाई प्राप्त दस्तावेजमा २०४३ सालको भदौ १० गते खडा गरिएको च्याम्पियन फूटवेयर लिमिटेड नामक कम्पनीमा विनोद चौधरी भाइ अरुणसरह २०० कित्ता शेयरको हिस्सेदार रहेको देखिन्छ । यस प्रकरणमा भाइ अरुण पक्राउ परिसक्दा दाइ विनोद भने पक्राउ परेका छैनन् ।
००००
काठमाडौं महानगरपालिकाले बानेश्वर आलोकनगर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।
वडा नम्बर–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि आइतवार डोजर चलाइएको हो ।
००००
नेता–कार्यकर्ताबीच भएको विवादपछिको कुटाकुटमा परी एमाले धादिङ जिल्ला अधिवेशनमा एक जनाको हात भाँचिएको छ । बागमती प्रदेश एमाले अध्यक्ष कैलाश ढुंगेलले एक विज्ञप्ति जारी गर्दै शुक्रवारबाट भएको तनाब बढेर शनिवार कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँचिएको बताएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x