०२ असार २०८३, मंगलबार

डडेलधुराको अमरगढीमा आगो ताप्ने क्रममा सासू बुहारीको मृत्यु​

माघ २२, २०८०
काठमाडौं
डडेलधुराको अमरगढीमा आगो ताप्ने क्रममा सासू बुहारीको मृत्यु​

डडेल्धुराको अमरगढी–१ मा आगो ताप्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुने सासू बुहारी रहेका प्रहरीले जनाएको छ ।

एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकका अनुसार मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल छन् ।

प्रहरीका अनुसार गएराति कोठामा कोइलाबाट आगोको ताप्ने क्रममा निसासिएर उनीहरूको मृत्यु भएको खुलेको छ ।​

बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्