०२ साउन २०८३, शनिबार

पीडितको भावनाअनुरुप टीआरसी विधेयक पारित गर्नुपर्छ : पूर्वउपसभामुख तुम्वाहाम्फे

माघ २२, २०८०
काठमाडौं
पीडितको भावनाअनुरुप टीआरसी विधेयक पारित गर्नुपर्छ : पूर्वउपसभामुख तुम्वाहाम्फे
फाइल फोटो

​प्रतिनिधि सभाकी पूर्वउपसभामुख शिवमाया तुम्वाहाम्फेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक (टीआरसी) पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताएकी छिन् ।

प्रेस चौतारी झापाले आज विर्तामोडस्थित नेत्रपार्कमा आयोजना गरेको २६औं स्थापना दिवसको कार्यक्रममा उनले विधेयकमा मावनताविरुद्ध जघन्य अपराधमा छुट दिन नहुने बताएकी हुन् ।

शान्ति प्रक्रियासँग जोडिएको संवेदनशील विषयमा सरकारले बहुमतका आधारमा विधेयक अनुमोदन गर्ने प्रयास नगर्न पूर्वउपसभामुख तुम्वाहाम्फेले सुझाव दिइन् । ‘पीडित पक्षको भावना के हो भन्ने कुरालाई बिर्सन हुँदैन’, उनले भनिन्, ‘सङ्क्रमणकालीन न्यायको सवालमा विधेयक पारित गर्दा सर्वोच्च अदालतको फैसलालाई समेत ध्यान दिनु पर्छ ।’​

पूर्वउपसभामुख तुम्वाहाम्फेले सर्वोच्च अदालतको फैसलाअनुरुप पीडितमैत्री विधेयक ल्याउँदा सरकारले सबैको समर्थन पाउने बताइन् । उनले भनिन्, ‘यो अन्तर्राष्ट्रियस्तरमै मानव अधिकारसँग जोडिएको विषय हो । बहुमतको नाममा मानव अधिकार हनन् गर्न पाइँदैन ।’​

यसैबीच प्रेस चौतारी झापाले स्थापना दिवसका अवसरमा संस्थाका पूर्वअध्यक्ष तोयानाथ दाहाललाई रु २५ हजारसहित सम्मान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्