×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

अरुण चौधरीबारे अदालतको आदेशदेखि रविविरुद्ध जाहेरीसम्म

काठमाडाैं | माघ २३, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौं जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलवारसम्म सक्न आदेश दिएको छ ।

Muktinath Bank

सोमवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलाशले बयान सम्पन्न भइसकेको तथा बुझ्नु पर्ने काम आजसम्म सक्न आदेश गरेको हो ।
प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्नका लागि सरकारी वकिलले विभिन्न ८ आधार पेश गरे पनि मंगलवारसम्म बुझ्नु पर्ने सबै काम सम्पन्न गरी तीनै जनलाई हाजिरी जमानीमा छाड्न आदेश भएको हो ।
००००
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडप्न खोलिएको च्याम्पियन फूटवेयर कम्पनीको शेयरमा भाइ अरुण चौधरीसरह नै हिस्सेदार रहेका विनोद चौधरी पक्राउ पर्ने डरले यतिबेला शक्ति केन्द्रमार्फत केन्द्रीय अनुसन्धान ब्यूरोलाई दबाब दिन व्यस्त छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, बहुचर्चित ललितानिवास जग्गा प्रकरणले स्थापित गरेको तथ्यअनुसार उनी उम्कने ठाउँ नरहेको धेरै तथ्यहरूले पुष्टि गर्छन् । १० रोपनी जग्गा हत्याउन खडा गरिएको कम्पनीमा विनोद चौधरी उनका भाइ अरुणसरहकै हिस्सेदार रहेको खुलासा लोकान्तरले गरिसकेको छ ।
००००
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । सोमबार प्रमुखको कार्यकक्षमा बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिहरुसहितको वैठक समिति गठन गरेको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि अभियान साकार पार्न आफ्नो पार्टीको बहुमतको सरकार आवश्यक भएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

सोमबार महोत्तरीको जलेश्वरमा नेकपा एमालेको छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले देशको नेतृत्व गर्ने अवसरका लागि आफ्नो दलले अब २०८४ को चुनावको प्रतीक्षा गरिरहेको बताए ।
००००
लुम्बिनी प्रदेशसभाको हिउँदे अघिवेशन आगामी फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको छ । 

Vianet communication

नेपालको संविधानको धारा, १८३ को उपधारा (१) र धारा, १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिए ।
००००
जिल्ला प्रहरी कार्यालय कास्कीका रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी परेको छ ।
पोखराको सूर्यदर्शन सहकारी पीडितले लामिछानेविरुद्ध प्रहरीमा जाहेरी बुझाएका हुन् । जाहेरी बिहानै बुझाएको भएपनि साँझ बल्ल प्रहरीले दर्ता गरेको जाहेरी गर्नेमध्ये एकजनाले लोकान्तरलाई बताए ।

जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालागायतलाई प्रतिवादी बनाइएको छ ।  
००००
नेपाल टेलिकमले २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ । स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
००००
कोशी प्रदेश सरकारले मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गरेको विरुद्ध परेको रिट निवेदनमाथि बुधवार संवैधानिक इजलासमा पेशी तोकिएको छ । 
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद अधिकारीले  सो रिट दर्तापछि बुधवार संवैधानिक इजलासमा पेशी तोकिएको जानकारी दिए ।
००००
महानगरपालिकाका मेयरलगायत विभिन्न पदको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक प्रतिनिधि सभामा पुगेको छ । राष्ट्रिय सभाबाट पारित विधेयक सोमबार बसेको प्रतिनिधि सभा बैठकमा टेबल गरिएको हो । 

संघीय संसद्का कार्यबाहक महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विधेयक प्रतिनिधि सभामा पेस गरेका हुन् ।
००००
प्रतिनिधि सभाले माघ र फागुन महिनाको कार्यतालिका पारित गरेको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई महिनाको कार्यतालिका पारित गरेको हो । प्रस्तावित कार्यतालिकामा माघ महिनामा २ दिन र फागुन महिनामा ५ दिन सभाको बैठक राख्ने उल्लेख छ ।
००००
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको छ । आयोजले सूचना जारी गर्दै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका २३ पदमा हुने उप निर्वाचनका लागि घोषणापूर्व नै मतदाता नामावली दर्ता गर्न आग्रह गरेको हो ।
००००
नेपाल समाजवादी पार्टी (नेसपा)ले जनआकांक्षा सम्बोधन गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान शंसोधन गर्न माग गरेको छ । 

केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै नेसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान शंसोधन गर्नुपर्ने प्रस्ताव गरेको हो ।
००००
आईसीसी यू–१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सबाट बाहिरिएको नेपाली क्रिकेट टोली सोमवार स्वदेश फर्किएको हो। नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x