बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ । क्यान्सरको प्रकारबारे खुलाइएको छैन ।
प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको बीबीसीले जनाएको छ । यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ ।
सोमबारदेखि उनको उपचार सुरु गरिएको समाचारमा उल्लेख छ। ७५ वर्षीय राजा अस्पतालमा भने भर्ना भएका छैनन् । ‘आउटडोर प्यासेन्ट’का रूपमा उनको उपचार चलिरहेको छ ।
डाक्टरहरूले यस अवधिमा उनलाई सार्वजनिक रूपमा वहन गर्नुपर्ने जिम्मेवारीहरू स्थगित गर्न भनेका छन् ।