१० साउन २०८३, आइतबार

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

माघ २३, २०८०
काठमाडौं
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि कांग्रेसले कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । 

बैठक आज  बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई  उपस्थित हुनेछन् । 

बूढाथोकीको मोरङको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा गएराति उनको निधन भएको थियो । 

निमोनिया भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

salt training

कमेन्ट गर्नुहोस्