२८ जेठ २०८३, बिहीबार

जनताका समस्यालाई फरक ढङ्गबाट सम्बोधन गरिरहेका छौं - मुख्यमन्त्री कार्की

माघ २३, २०८०
विराटनगर
जनताका समस्यालाई फरक ढङ्गबाट सम्बोधन गरिरहेका छौं - मुख्यमन्त्री कार्की

​कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताका समस्यालाई फरक ढङ्गबाट सम्बोधन गरिरहेको बताएका छन् ।

सुनसरीको जामिया इस्लामिया मदर्सामा सोमवारदेखि शुरूवात भएको ४ दिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको समेत उनले जानकारी गराएका थिए ।

‘सरकारले प्रदेशको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ’, उनले भने ।

प्रदेश सरकार दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र यस्ता जनशक्तिलाई प्रदेशमै रोजगारीको अवस्था सिर्जना गर्ने समेत उनले दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्