२५ जेठ २०८३, सोमबार

काठमाडौंकाे नयाँ बानेश्वर रोटरी ई क्लबको 'च्यारिटी शो'

माघ २३, २०८०
काठमाडौं
काठमाडौंकाे नयाँ बानेश्वर रोटरी ई क्लबको 'च्यारिटी शो'

रोटरी ई-क्लबले महिलाहरूको मानसिक स्वास्थ्यका बारेमा जनचेतना फैलाउने उद्देश्यका साथ च्यारिटी शो गरेको छ ।

नयाँ बानेश्वरस्थित वान सिनेमामा भएको च्यारिटी शोमा महिलाहरूको मानसिक स्वास्थ्यअन्तर्गत आउने विशिष्ट चुनौती र समस्याहरूलाई सम्बोधन गर्ने विषयमा केन्द्रित थियो। जसमा चलचित्र ‘फाइटर’ फिल्म प्रदर्शन गरिएको थियो ।

रोटरी ई-क्लबले डिप्रेसन, चिन्ता र खानपान जस्ता सरोकार विषयहरूमा आउने मानसिक रोग र विचलनलाई समेटेर महिलाहरूका लागि विशेष मानसिक स्वास्थ्य समस्याहरूको लागि बुझाइ र सहानुभूति बढाउने लक्ष्य क्लबको छ ।

यस च्यारिटी शोले समाजमा योगदान गर्न र उद्देश्यपूर्ण कार्यहरू मार्फत एकता प्रबर्द्धन गर्न क्लबको प्रतिबद्धतालाई जोड दिएको छ । उक्त उद्देश्यपूर्ण कार्यक्रम प्रति प्रतिबद्धता जनाउन करिब २०० जना दर्शकहरू उपस्थित भएर मनोरञ्जन लिएका थिए I

रोटरी सम्बद्ध जनचेतना फैलाउन 'आशाको ज्योति'  रोटरीको  वार्षिक थिम र रोटरी गीत पनि बजाइएको थियो। सावित्री कञ्चनजङ्घा अगरबत्तीले शीर्षक प्रायोजकको रूपमा विशेष सहयोग प्रदान गरेको थियो ।

यस्तै फाइटर प्रायोजकको रूपमा हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, युनिलाब डायग्नोस्टिक सेन्टर, र कामना सेवा विकास बैंक लिमिटेड सहयोग गरेका थिए । स्कॉलर शेयर एजुकेशनले कार्यक्रमको टिकट प्रायोजन गरेको थियो।

कार्यक्रमको समग्र सफलतामा भिडियो प्रायोजकका रूपमा येडिया, क्रिस्टल फुड क्याफे, सीएमएस नेपाल, द वन्डरल्याण्ड, सुनगाभा नेपाल र कारभान ब्यागबाट थप सहयोग आएको थियो ।​​

च्यारिटी शो कार्यक्रममार्फत उठाइएको रकम महिलाहरूको मानसिक स्वास्थ्यको क्षेत्रमा योगदानका लागि विनियोजन गरिने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्