२२ असार २०८३, सोमबार

पाकिस्तानको निर्वाचनमा १०० जनाभन्दा बढी विदेशी पर्यवेक्षक

माघ २३, २०८०
काठमाडौं
पाकिस्तानको निर्वाचनमा १०० जनाभन्दा बढी विदेशी पर्यवेक्षक

इस्लामाबाद–पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले फेब्रुअरी  ८ गते हुने आम चुनावका लागि  १०० जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने बताएका छन् ।  

सीईसीले राष्ट्रमण्डल पर्यवेक्षक समूहलाई पाकिस्तानले विदेशी चुनाव पर्यवेक्षकहरूका लागि खुला द्वार नीति अपनाएको निर्वाचन आयोगले विज्ञप्तिमार्फत जनाएको छ। 

निर्वाचन आयोगले सोमवार निर्वाचन व्यवस्थापन प्रणाली (ईएमएस) स्थापना गर्ने निर्णय गरेको एआरवाई न्युजले जनाएको छ ।

निर्वाचन आयोगका सचिव सैयद आसिफ हुसेनले एआरवाई न्युजसँगको अन्तर्वार्तामा ३ हजार ६०० जनाले इएमएस प्रणाली सञ्चालन गर्न तालिम लिएको र ३ हजार थान कम्प्युटर स्थापना गरिएको उल्लेख गरेका छन् ।

एआरवाई न्युजका अनुसार ईएमएस परीक्षणका क्रममा उत्पन्न समस्याहरू समाधान गरी निजी नेटवर्क स्थापना गरिएको र तिनीहरू इन्टरनेट पहुँचविना पनि काम गर्ने वातावरण निर्माण गरिएको छ ।   

यसैबीच, एउटा अन्तर्वार्तामा, महानिर्देशक खिजर हयातले ४० स्थानमा चुनावमा इएमएस प्रयोग गरी चुनावको  निर्बाध सञ्चालन सुनिश्चित गर्न यसको प्रविधिमा सुधार गरिएको पुष्टि गरे ।

पाकिस्तानको निर्वाचन आयोगले फेब्रुअरी ८ गते हुने आम निर्वाचन अघि देशका सबै निर्वाचन क्षेत्रका लागि २६  करोड मतपत्र छाप्ने काम पनि सम्पन्न गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्