०३ असार २०८३, बुधबार

हरिणको सिङसहित एक जना महिला पक्राउ

माघ २४, २०८०
काठमाडौं
हरिणको सिङसहित एक जना महिला पक्राउ

इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध गाँजा र हरिणको सिङसहित एक जना महिलालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका-७ बस्ने ५५ वर्षीया सागर देवीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
 
गैरकानुनी क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले गाँजा र हरिणको सिङसहित उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

गाँजा १ किलो ६९७  ग्राम र अवैधरूपमा लुकाईछिपाई राखेको २ जोडी ४ थान हरिणको सिङजस्तो देखिने बस्तु फेला पारेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्