२५ असार २०८३, बिहीबार

संसद्का नवनियुक्त महासचिव पाण्डेयद्वारा शपथ ग्रहण

माघ २४, २०८०
काठमाडौं
संसद्का नवनियुक्त महासचिव पाण्डेयद्वारा शपथ ग्रहण

संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई बुधबार बिहान सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

यसअघि प्रतिनिधि सभाका सचिव रहेका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारबाटै लागु हुने गरी संसद्को महासचिवमा नियुक्त गरेका थिए ।

मंसिर २५ गते प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्तरूपमा पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । तर, पाण्डेयको नियुक्तिमा ढिलाइ भएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्