
नेकपा एमालेका सांसद गोकुलप्रसाद सापकोटाले सरकार इतिहासमै गतिहीन र नालायक बनेको आरोप लगाएका छन् । बुधबार संसदको शून्य समयमा बोल्दै बाँस्कोटाले जनताका पीरमर्का र समस्या नसुन्ने सरकारको कान र आँखा दुवै नभएको आरोप उनले लगाए ।
‘प्रधानमन्त्रीके भनाइ के छ भने रामराज्य आइसक्यो । यही हो रामराज्य ? यो भन्दा नालायक, गतिहीन, योभन्दा जवावदेहिताविहीन सरकार इतिसहामा कहिल्यै थिएन,’ बाँस्कोटाले भने, ‘जसको कान छ न आँखा छ । कहिले सुन्छ सरकारले ? यसैले शून्य समयको के भ्यालु ?’
काभ्रे जिल्लाका पाँचखाल नगरकोटदेखि देउपुरसम्म जाने सडक र किसानले दुधको पैसा नपाएको विषयमा पटकपटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको बताएका हुन् ।
‘नबोले पनि हुन्थ्यो । मन्त्री छेउछाउमा भएपछि बोल्नैपर्यो । सुन्नुहुन्छ कि भनेर । प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानुभयो । आफ्नो ड्राइभारलाई बाटो यस्तो होला भनेर सोच्या थिएन भन्नुभएछ । धन्न हाम्रो प्रधानमन्त्री,’ उनले भने, ‘अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानुभयो र जहाँ पटकपटक कुरा उठाएँ । भौतिक मन्त्री यही हुनुहुन्छ । उहाँलाई ४ पल्ट भनें । तर आजसम्म बाटो बन्दैन किन ? काभ्रे जिल्लाका किसाहरूले दुध बेचेको पैसा कहिले पाउछँन् ? सरकालाई प्रश्न सोध्न चाहन्छु ।’