
नेपाली कांग्रेसका सांसद गगन थापाले विद्यार्थीहरू पढिरहे पनि उनीहरूले गणित, विज्ञान र अंग्रेजी सिक्न नसकेको बताइका छन् । बुधबार संसद् बैठकमा बोल्दै थापाले अहिले विद्यालय तहका विद्यार्थीले मुख्य विषयमा राम्रोगरी पढ्न नपाए भोलिका दिनमा प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन् ।
‘विद्यार्थी पढिरहेका छन् । तर गणित, विज्ञान र अंग्रेजी सिकिरहेका छैनन् । केटाकेटी पढिरहेका छन् । कक्षा ३, ४ र ५ मा यी विषयमा अहिलेजस्तै कमजोर भए अंग्रेजी र गणित विज्ञानको फाउन्सेननमा कमजोर विद्यार्थीले कसरी पछि प्रतिस्पर्धा गर्ला ? सूचना प्रविधि, ज्ञानमा हामी हाम्रो ट्रेन छुटिरहेको भनिरहेका छौं । यस्तै भइरहे १८ वर्षपछि विद्यार्थीले कसरी फाइट गर्न सक्छ ?’
यसैले संसदमा आएको विद्यालय शिक्षा विधेयकमा राजनीतिक पोजिसनभन्दा व्यवहारिक बन्नुपर्ने उनको भनाइ छ ।
राजनीतिक लाभहानीमात्रै दल र सांसद लागे विद्यार्थी बाहिरिए, सिकेनन् भनेर केही नहुने उनी बताउँछन् ।