×

NMB BANK
NIC ASIA

उमेर नपुग्दै आमा बन्छन् चितवनका महिला, ६ महिनामा ६ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माए

चितवन | माघ २४, २०८०

NTC
Premier Steels

शिक्षित जिल्लाका रुपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या धेरै रहेको पाइएको छ ।

Muktinath Bank

कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् । मुख्यगरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा आएर पछिल्लो ६ महिनामा ६ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माएका छन् ।


Advertisment
Nabil box
Kumari

उनीहरूमध्ये दक्ष प्रसूतिकर्मीबाट २ सय १२ जनाले बच्चा जन्माएका कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । उनका अनुसार दक्ष स्वास्थ्यकर्मीबाट चार सय २३ र घरमा नौ जनाले बच्चा जन्माएका हुन् ।

Vianet communication

ढकालका अनुसार चालू आर्थिक वर्षमा ७ हजार १ सय १९ आमाले बच्चा जन्माएको भए पनि ६ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माएका हुन् ।

स्वास्थ्यको तालिका (प्रोटोकल) अनुसार ८ पटक स्वास्थ्य परीक्षण गर्न आउने कम उमेरका गर्भवती आमाहरूमा ५ सय २९ रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

पहिलो हप्तामा एक हजार एक सय ७६, १२ हप्तामा आठ सय ११ र २६ हप्तासम्म परीक्षण गर्ने नौ सय ३८ गर्भवती आमा स्वास्थ्य परीक्षणका लागि आएका जनाइएको छ ।
 
नेपालको कानूनले वैवाहिक उमेरका लागि केटीका लागि २० वर्ष पूरा हुनुपर्ने भनेको भए पनि सानो उमेरमा बच्चा जन्माउने क्रम भने नरोकिएको कार्यालयले जनाएको छ । ढकालका अनुसार ग्रामीण क्षेत्रमा चेतनाको अभावका कारण सानै उमेरमा विवाह हुने र आमा बन्ने क्रम रोकिएको छैन । 

समाजमा चेतना जगाउन सके सानो उमेरमा विवाह गर्ने र आमा बन्ने क्रम रोक्न सकिने उनले बताइन् । उनले भनिन्, 'विशेषगरी जिल्लाको पहाडी क्षेत्रमा सानै उमेरमा आमा बन्ने गरेका छन् ।' 

विपन्न र सीमान्तकृत समुदायमा यो समस्या रहेको उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x