०५ साउन २०८३, मंगलबार

आम महिला मोर्चाको केन्द्रीय समिति चयन

माघ २४, २०८०
काठमाडौं
आम महिला मोर्चाको केन्द्रीय समिति चयन

आम जनता पार्टी निकट ‘आम महिला मोर्चा’ को केन्द्रीय कमिटी गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा केन्द्रीय कमिटी घोषषा गरिएको छ । केन्द्रीय कमिटीमा ६५ जना रहेका छन् भने इन्चार्ज, सहइन्चार्ज र प्रदेश अध्यक्ष तथा इन्चार्जको समेत व्यवस्था गरिएको छ । 

जसअनुसार पदाधिकारीमा अध्यक्षसहित, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ । मोर्चाको इन्चार्जमा कान्ति महतो तथा सहइन्चार्जमा सिमल साह र बबिता यादव रहका छन् । 

यसैगरी उपाध्यक्षमा आशा सन्जेल, सर्मिला महरा, चन्दा देवी साह र रुपसागर उपाध्याय रहेका छन् भने महासचिवमा सावित्री चौधरीलाई चयन गरिएको छ । 
यसैगरी उपमहासचिवमा रञ्जुकुमारी साह चयन हुँदा सचिवमा ममता देवी मण्डल, सकिना खातुन, सुनिता महतो, मञ्जु कुशवाहा र विभा साह चयन भएका छन् । यस्तै कोषाध्यक्षमा रिना पटेल चयन हुँदा अन्य बाँकी सदस्य रहेका छन् । 

अध्यक्ष बबिताका अनुसार कोशी प्रदेश अध्यक्षमा ममता चौधरी तथा इन्चार्जमा बबिता बिक रहेका छन् । यस्तै मधेश प्रदेश इन्चार्जमा फुलबदन देवी र अध्यक्षमा किरण यादव, बागमती अध्यक्षमा जेनिशा तामाङ र इन्चार्ज देवकुमारी साह, गण्डकी अध्यक्षमा लक्ष्मी बिक र इन्चार्जमा रञ्जु कुमारी, लुम्बिनी अध्यक्षमा पुन थापा र इन्चार्जमा आशा सञ्जाल, कर्णाली अध्यक्षमा उमा तामाङ र इन्चार्जमा हरिमाया मल्ल र सुदूरपश्चिम प्रदेश अध्यक्षमा भाना ढोली र इन्चार्जमा शोविता गोतामेलाई चयन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्