२५ असार २०८३, बिहीबार

एसियन कप फुटबल: आयोजक कतार फाइनलमा, उपाधिका लागि जोर्डनको सामना गर्ने

माघ २५, २०८०
काठमाडौं
एसियन कप फुटबल: आयोजक कतार फाइनलमा, उपाधिका लागि जोर्डनको सामना गर्ने

आयोजक कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा इरानलाई ३–२ ले हराउँदै कतार अन्तिम दुईमा पुगेको हो । 

चौथो मिनेटमै सरदार अजमोनको गोलबाट इरानले अग्रता लिएको थियो । १७ औं मिनेटमा जेसिम गाबेर अब्दुलसालमले बराबरी गोल गरेका थिए ।

अक्रम अफिफ ४३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै कतारलाई २–१ ले अगाडि बढेको थियो । अलिरेजा जाहानबाक्सले पेनाल्टीमा ५१ औं मिनेट बराबरी गोल गरे ।

१३ मिनेट थपिएको इन्ज्युरी समयको तेस्रो मिनेटमा इरान १० खेलाडीमा सीमित भएको थियो । सोजे खालिजाडेह रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो ।

अलमोएज अलिले ८२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । 

कतारले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । पहिलो सेमिफाइनलाम दक्षिण कोरियालाई २-० ले हराउँदै जोर्डन फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल शनिबार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्