२८ जेठ २०८३, बिहीबार
भेपमार्फत सुन तस्करी प्रकरण

सुन तस्करीबारे आयोगमा बयान दिएर फर्किए माओवादी उपाध्यक्ष महरा

माघ २५, २०८०
काठमाडौं
सुन तस्करीबारे आयोगमा बयान दिएर फर्किए माओवादी उपाध्यक्ष महरा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीबारे छानबिन गर्न गणित आयोगमा बयान दिएर फर्किएका छन् ।

डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सत्तारुढ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका महरासँग बिहीवार बयान लिएको हो । यो बयान सकिएपछि उनी सिंहदरवारस्थित आयोगको कार्यालयबाट फर्किएका हुन् ।

विद्युतीय चुरोट (भेप्स)मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्वगृह एवं अर्थमन्त्रीसमेत रहिसकेका नेता हुन् ।

सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो । विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले पटक पटक कमचारीलाई दबाब दिएका थिए । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । 

सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले चूडामणि उप्रेती ‘गोरे’सहित धेरै जनासँग बयान लिइसकेको छ । यसक्रममा आयोगले हेलिकप्टरमार्फत समेत सुन तस्करी हुने गरेको तथ्य फेला पारेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्