
काठमाडौंको नारायणटारबाट हराएकी महिला अदिति गौतम भेटिएकी छिन् । गत मंगलवार साँझ घरबाट ब्युटी पार्लर गएपछि बेपत्ता भएकी महिला अदिति बिहीवार काठमाडौंको शालीनदी आसपास क्षेत्रबाट भेटिएकी उनको परिवारिक स्रोतले जानकारी दिएको छ ।
‘मंगलवार साँझ ब्युटी पार्लरमा बेचिएको घिउको पैसा उठाउँछु भनेर हिँडेकी अदिति बिहीवार दिउँसो ३ बजेतिर शालीनदी एरियाबाट भेटिएकी छिन्,’ उनको पारिवारिक स्रोतले भन्यो, ‘उनको अवस्था सामान्य देखिएको छ ।’
अदितिका एक छोरा र एक छोरी छन् । छोरी तीन महिनामात्र पुगेकी छिन् ।