२५ जेठ २०८३, सोमबार

सशस्त्रका ४ डीआईजी र १०० एसपीको सरुवा

माघ २५, २०८०
काठमाडौं
सशस्त्रका ४ डीआईजी र १०० एसपीको सरुवा

सशस्त्र प्रहरी बलका १०० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ  ।  

सशस्त्र प्रहरीले बिहीवार देशैभरका जिल्ला प्रमुखहरू सरुवा गरेको हो । समयअवधि पुगेका एसपीहरूको सरुवा गरेको सशस्त्र प्रवक्ता एसएसपी राजेन्द्र खड्काले लोकान्तरलाई जानकारी दिए । 

यस्तै सशस्त्रमा ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ । 

बाग्मती प्रदेशमा गणेश ठाडा मगरलाई पठाइएको छ भने दुर्गा भट्टराईलाई सुदूरपश्चिम सरुवा गरिएको छ ।

यसैगरी प्रतिप पाललाई राष्ट्रिय सुरक्षा परिषद् र लक्षण सिंहलाई प्रधान कार्यालय काज सरुवा गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्